Monday, July 21, 2008

पुरस्कृत गजल

दृढ बिस्वास पोखिएको साथ सगैं जानेछु।
अप्ठेरोमा समाउने हात सगैं जानेछु।।

शुन्य रातमा झस्काईदियो मधुर मुस्कानले।
मन पग्लने सुरिलो त्यो बात सगैं जानेछु।।

मुस्काऊने ओठहरु लजाउन थालेपछि।
प्रेमलाप कहिदिने मातसगैं जानेछु।।

मन्द मन्द पवनसगै लहरिदै यात्रा गर्दा।
चाहन्छौ भने प्रणयको जातसगैं जानेछु।।

जिजीबिषा सगैं राखि एउटै माला बनाउला।
सुन्दर जिवन कल्पिनमा रातसगैं जानेछु।।

-सौजन्य: सन्ध्या मरहट्ठा, सामाखुसी, काठमाडौँ

No comments: