Friday, May 9, 2008

गजल पढौ है

टोलाएर एउटै गीत धेरै चोटि गाए मैले
कालि भएनि उसकै निम्ति आजसम्म धाए मैले
एक सेकेन्डमै कैयौपटक आखा जुध्थे कालिसग
नबोलेनि भित्रभित्रै गहिरो माया लाए मैले
दिनमा त उनले बोले धन्य रातमा हामि भेट्थ्यौ सधै
सपनामै मजनु बनि लैला उनलाई बनाए मैले
खै कसलाई कुन्नि हेर्थीन् उनले हुलमुलमा कहिलेकाहि
कस्तरि हेर्छे मैलाई नै भनि मौकामै मन बुझाए मैले
टोलाएर एउटै गीत धेरै चोटि गाए मैले
कालि भएनि उसकै निम्ति आजसम्म धाए मैले

(सौजन्य: हरी प्रसाद पौडेल, विद्यार्थी, पुल्चोक क्याम्पस, ललितपुर)

No comments: