Wednesday, May 28, 2008

गजल पढौ है

तिम्रो मेरो मुटु जोद्ने एउटा दामी पुल बनाउछु
बोल्छेउ त सानु एकै छिन्लाई,मन मेरो cool बनाउछु

गुलाबै हौ नि फुल्एउ कहा, भमराले चालई पाएन
माली मै छु,बगैचा दिलको,तिम्लाई सुन्दर फूल बनाउछु
तिम्रो मेरो मुटु .........

घाम पानीमा ओत दिउला बिशाल मेरो न्यानो छाती
माया मात्रै रसाउने, छाती भित्रै मूल बनाउछु

सागर भन्दा गहिरो माया बग्न दिन्न आँखा बाट
जती माया तिम्लाई दिन्छु, तेती नै पाउने rule बनाउछु
तिम्रो मेरो मुटु .........

मन मुटु र चोखो मया सुम्पन्छु म तिमीलाई नै
तर्केर हिंडे कम छैन म नि,तिमी जस्ता हुल बनाउछु

तिम्रो मेरो मुटु जोद्ने एउटा दामी पुल बनाउछु
बोल्छेउ त सानु एकै छिन्लाई,मन मेरो cool बनाउछु

(सौजन्य : हरी प्रसाद पौडेल , विद्यार्थी , पुल्चोक क्यम्पस )

No comments: